फागुन, १३ । ईङ्लिस प्रियिमर लिग फुटबलमा लिभरपुलले कीर्तिमानी जित निकालेका छ।
सोमबार राति वेस्ट ह्यामबिरुद्ध जित निकाल्दै लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो।
सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो।
चालू सिजन निकै फर्ममा रहेको लिभरपुलले सिटीको सो कीर्तिमान बराबरी गरेको हो। लिभरपुलले गत अक्टोबरमा म्यान्चेष्टर युनाईटेडसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। त्यसपछि लिभरपुल लिगमा निरन्तर विजयी छ।
लिग तालिकामा सुविधाजनक अग्रता लिएको लिभरपुलले सोमबार राति संघर्षपूर्ण जित आत्मसाथ गर्यो। रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामबिरुद्ध लिभरपुलले ३–२ को कठिन जित निकाल्यो।
तर पछिल्लो जितसंगै लिभरपुललाई प्रियिमर लिगको ऐतिहासिक उपाधि जित्न अब मात्र ४ जित आवश्यक देखिएको छ।
जर्जिन्हो विजनाल्डमले खेलको नवौं मिनेटमा एनफिल्ड क्लब लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि पाहुना टोली वेस्ट ह्यामका इस्सा डिपले गोल गर्दै खेल बराबरीमा ल्याए।
दोस्रो हाफमा पाब्लो फोर्नाल्सको गोलसंगै वेस्ट ह्याम खेलमा अगाडी बढ्यो। ६८ औ मिनेटमा मोहमद सलाहाले खेल बराबरीमा ल्याए। बराबरीतर्फ उन्मुख खेलको ८१ औ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाए।
लिभरपुलले लिगमा २२ अंकको अग्रता कायम गर्यो। डेबिड मोयस नेतृत्वको वेस्ट ह्याम २४ अंक सहित रेलिगेशन जोनमै रह्यो। एजेन्सी