फागुन १३ । इंग्ल्यान्डमा आयोजना हुने सन् २०२२ को कमनवेल्थ गेम्सको दुई खेल भने भारतमा हुने भएको छ।
कमनवेल्थ गेम्स फेडेरेसनले दुई खेल आर्चरी र सुटिङ भारतको चन्द्रिगढमा गराउने निर्णय गरेको छ। प्रतियोगिताको अन्य सम्पूर्ण खेल भने इंग्ल्यान्डको बर्मिङघम शहरमा हुनेछ।
कमनवेल्थ गेम्स जुलाई २७ देखि ७ अगष्टसम्म हुनेछ।
प्रतियोगितामा ७१ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा कम्तिमा २४ खेल समावेश हुने बताईएको छ। एजेन्सी