चितवन, फागुन १३ । जिल्ला खेलकूद विकास समिति चितवनद्वारा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन २४ र २५ गते हुने भएको छ।
समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार भरतपुरको गेष्टहाउस चौरम हुने सो प्रतियोगितामा महिला र पुरुषको एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएका छन्।
कक्षा १२ सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ। यहाँ एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन्।