नयाँ दिल्ली, फागुन १४ । भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसामा मर्नेको संख्या १८ पुगेको छ। नागरिकता विधेयकका समर्थक र विरोधीबीच आइतबारदेखि दिल्लीमा झडप हुँदै आइरहेको थियो।
मंगलबार मात्र दिल्लीस्थित एक मस्जिदमा आगो लगाइएको थियो भने ‘जय श्री राम’ तथा ‘हिन्दूको हिन्दुस्तान’ को नारा लगाइएको भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ।
यसैगरी झडपमा १५० भन्दा बढी घाइते भएका छन्। बुधबार बिहान पनि त्यस क्षेत्रमा तनाव कायमै रहेको भारतीय सञ्चार माध्यमले बताएका छन्।