काठमाडौं, फागुन १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा सचिवालयका सवै सदस्यहरु सहभागी छन्।
बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे दुई अध्यक्षले धारणा राखेपछि के गर्ने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन्।
यसअघि गत १० फागुन शनिबार बसेको सचिवालय बैठकमा एमसीसीबारे छलफल भए पनि निर्णय भएको थिएन। फागुन ९ मा नेकपाको एमसीसी अध्ययन कार्यदलले १९ दिन लगाएर अध्ययन प्रतिवेदन सुझावसहित अध्यक्षलाई बुझाएको थियो।
आजको बैठकमा पूर्वसुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने छ। एमसीसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र नेकपाभित्रैबाट दबाव आउन थालेपछि नेकपाले बैठकमार्फत निर्णय गर्न लागेको हो।