स्याङ्जा, फागुन १४ । स्याङ्जाको भीरकोट नगरपालिका–९ ठूलीभञ्ज्याङ निवासी १२ वर्षीय युनिष गुरुङ चितुवाको आक्रमणबाट घाइते भएका छन्।
मंगलवार बिहान सुतिरहेको अवस्थामा चितुवाले एक्कासि आक्रमण गरी उनलाई घाइते बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। आक्रमणबाट उनको घाँटी र निधारमा गहिरो चोट छ।
उनलाई उपचारार्थ पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। उक्त स्थानमा वन कार्यालयका कर्मचारी र प्रहरीले उक्त चितुवाको खोजी कार्य अगाडि बढाएका छन्।
चितुवा आक्रमणबाट कास्की र तनहुँ जिल्लामा गरी ९ बालबालिकाले ज्यान गुमाइसकेका छन्।