जनकपुरधाम, फागुन १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश सरकारको कुनै आवश्यकता नरहेको बताएका छन्।
केन्द्रमा एउटा बलियो सरकार र स्थानिय सरकारलाई झन शक्तिशाली बनाउनु पर्ने आवश्यकता रहेको भन्दै बिचको सरकारको कुनै आवश्यकता नरहेको बताए।
उनले भने, ‘कसैलाई चित नबुझन सक्छ तर हाम्रो विचारमा बिचको सरकारको कुनै आवश्यकता नै छैन्। यसले धान्नै सक्दैन। बिचमा रहेको सरकार आर्थिक दृष्टिकोण लगायत अन्य विभिन्न कारणले धान्नै सक्दैन्।’
प्रदेश २ मा सरकार परिवर्तनको हल्ला चलि रहेको समय राप्रपाका अध्यक्ष कमल थापाले प्रदेश सरकारलाई स्थायीत्व प्रदान गर्नु आवश्यक रहेको बताए। राप्रपा अध्यक्ष थापाले स्थायी सरकारले नै विकास गर्न सक्ने भएकोले प्रदेश दुईमा रहेको सरकारलाई नै स्थायीत्व दिनु आवश्यक रहेको बताए।
नेकपा प्रदेश दुईमा पनि सरकार बनाउन लागेको हल्लातर्फ इंगित गर्दै उनले प्रदेश सरकारले दुई वर्षको अवधीमा खासै केही काम गर्न नसकेपनि यही सरकारलाई ५ वर्ष काम गर्ने अवसर दिनु पर्ने धाराणा राखे।
दुई वर्षमा नेकपाको सरकारले कुनै राम्रो काम गर्न नसकेको भन्दै ५ वर्षभित्र यो सरकारले काम गर्न सकेन भने जनताले आफै यी दलहरुको विकल्प खोज्ने उनको भनाइ थियो। जनताले विश्वासका साथ मत दिएको सरकारले उदाहरणिय काम गर्न नसकेको भन्दै उनले देशमा बरु भ्रष्टाचार, धर्म परिवर्तन लगायतका समस्याहरु बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गरे।
वुधवार जनकपुरधाममा निर्वाचन अभिमुखिकरण बैठकमा आएका अध्यक्ष थापा वर्तमान संविधानमा सुधारको आवश्यकता रहेको भन्दै यस संविधानलाई सर्व स्विकार्य बनाउन सुधार गर्नु पर्ने आवश्यकता रहेको बताए।
मधेशवादी दलहरुको मागहरुलाई कुनै न कुनै रुपमा संवोधन गर्नु पर्ने आवश्यकता रहेको भन्दै राप्रपाले उठाउँदै आएको हिन्दु राष्ट्र पूर्नस्थापनको निम्ति संविधानमा संसोधनको आवश्यकता रहेको बताए।
धर्म निर्पेक्षताको आडमा संगठित र योजनावद्ध रुपमा धर्म परिवर्तन गराउने काम भईरहेको भन्दै उनले भने, ‘यो धर्म परिवर्तनबाट सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त भएर विदेशी धर्म र संस्कृति बढने सम्भावना बढेको छ। यसले सामाजिक सदभाव र एकता खल्बल्याउँछ र अन्त्यमा देशलाई धार्मिक द्धन्धमा फसाउँछ।’
पूर्ण धार्मिक स्वतन्त्रा सहितको स्नातन हिन्दु राष्ट्रको विषयहरु समावेश गरी संविधान संसोधन गर्ने जन समुदायको माग रहेपनि व्यक्तिविशेषको लागि स्वार्थ पुरा गर्न अनावश्यक र अनुपयुक्त विषयको लागि संविधान संसोधन गर्नु लगत रहेको बताए।
त्यस्तै देशभर एमसीसी सम्झौता बिरुद्ध आवाज उठीरहेको समयमा थापाले सो सम्झौताको पक्षमा आफू रहेको बताए।उनले एमसीसी सम्झौतामा केही संशोधन गरिए नेपाल र नेपाली जनताको हितमै यो सम्झौता रहेको स्पष्ट पारे। यद्यपि यो सम्झौताको नाउँमा एमसीसीलाई देशको कानूनभन्दा माथि राख्नु सह्य नहुने उनको भनाई थियो।