पेरिस, फागुन १४ । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट फ्रान्समा एकजनाको मृत्यु भएको छ।
६० वर्षीय एक फ्रान्सेली वृद्धको मृत्यु भएको फ्रान्सेली स्वास्थ्य प्राधिकरणका निर्देशक जेरोमी सालोमोनले बुधबार जानकारी दिएका छन्।
ती वृद्धको पिटाइ सालपेट्री अस्पतालमा मृत्यु भएको हो।
त्यसैगरी अन्य दुई जनामा पनि कोरोनाको संक्रमण भेटिएको छ। जसमा एकजना ५५ वर्षीय र अर्का ३६ वर्षीय फ्रान्सेली नागरिक भएको बताइएको छ। ५५ वर्षीय फ्रान्सेली नागरिकको अमेन्स अस्पतालमा उपचार भक्षरहेको छ। उनको अवस्था गम्भीर रहेको सालोमोनले बताएका छन्।
त्यसैगरी अर्का ३६ वर्षीय नागरिक केही समयखघि इटालीको लोमबार्डीबाट फर्किएका थिए।
इटालीमा अहिलेसम्म २५० कोरोना संक्रमित भएको पाइएको छ। सीएनएन