काठमाडौँ, फागुन १५ । सुनको मूल्य बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७९ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर बिहीबार ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले बढेर ७९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य ७९ हजार दुई सय रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य नौ सय जाँच रुपैयाँ थियो।