काठमाडौ, फागुन १५ । नेकपा मालेका महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परि घाइते भएका छन्। महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार दुर्घटनामा परेको हो।
उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
गम्भीर रहेको उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाईले जानकारी दिए।