काठमाडौं, फागुन १५ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। आउँदो चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुन लागेको प्रतियोगिताको बिहीबार तालिका सार्वजनिक भएको हो। चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उद्घाटनको पहिलो खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ।
ईपीएलले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा ललितपुर र पोखरा भिड्ने भएका हुन्। उद्घाटन खेल चैत १ गते टियु क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिता अन्तर्गत दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ। तर लिग चरणको अन्तिम दुई खेल भने हरेक दिन हुनेछ।
६ वटा टिमले सहभागीता जनाउन लागेको प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियोट्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्नेछन्। यो खेल दिउँसो २ बजेदेखि सुरु हुने छ। दोस्रो दिनबाट भने बिहान १० बजे पहिलो र २ बजे दोस्रो खेल हुनेछ।
