लमजुङ, फागुन १५ । सात महिनामा विभिन्न मुद्दाका नौ प्रतिवादी यहाँबाट फरार भएका छन्। बेँसीशहरमा रहेको जिल्ला अदालतले विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला गरेका ती प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले जानकारी दिए।
लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरूपमा काठ ओसारपोसारलगायतका मुद्दाका ती पुरुष प्रतिवादी फरार रहेको उनले बताए।
त्यस्तै गत आव २०७५÷७६ मा विभिन्न मुद्दाका १२ प्रतिवादी फरार रहेका थिए। फरारमध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, नकबजनी चोरी, अवैधरुपमा काठ ओसारपोसार, जबर्जस्ती करणीलगायतका मुद्दाका रहेको थिए। उनका अनुसार फरार प्रतिवादी सबै पुरुष छन्। रासस