काठमाडौं, फागुन १५ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ बिकास कर थपेर १० रुपैया पुर्याएको छ। बिहिवार सुचना तथा सन्चार प्रविधि मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री युवराज खतिवडाले जानकारी दिएका हुन।
गत फागुन १२ गते बसेको मन्त्रीपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया बिकास कर लगाउने निर्णय गरेको हो। बुढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लगाउन थालेको थियो।