चितवन, फागुन १५ । नेपाल भेटरिनरी संघको आयोजनामा ‘पोल्ट्री पाठशाला’ सेमिनार सुरु भएको छ। यही फागुन १६ देखि १८ गते सम्म चितवन औद्योगिक प्रदर्शनी परिसरमा हुने नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा बिहिबारदेखि चार दिने ‘पोल्ट्री पाठशाला’ सुरु भएको हो। ‘पोल्ट्री पाठशाला’ फागुन १५ देखि १८ गते सम्म चल्नेछ। पाठशालामा स्वदेशी तथा बिदेशी पोल्ट्री बिज्ञहरुले प्रशिक्षण दिने आयोजकले जानकारी दिएको छ।

प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घसँगै भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, चीन, अमेरिका, टर्की, मलेशिया, सिङ्गापुर, ताइवान, इटाली, इजराइल, बङ्गलादेशलगायत देशका पोल्ट्री कम्पनीको सहभागिता रहनेछ।

प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, दुग्ध उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योगलगायतको सम्पूर्ण पशुपक्षीपालन लगायतका विषयमा जानकारी दिइने छ।