गुल्मी, फागुन १६ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा ढुंगा खस्दा एकको मृत्यु भएको छ।ढुंगाले लागेर गुल्मी रेसुंगा नगरपालिका ८ का ४८ वर्षीय बावुकाजी श्रेष्ठको मृत्यु भएको हो।
बिहीबार बुटवलदेखि गुल्मी आउँदै गर्दा लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठ सिद्धबाबामा खसेको ढुंगाले लागेर घाइते भएका थिए।
उपचारका लागि उनलाई भरतपुर लगिएको थियो। ढुंगाले लागेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ। श्रेष्ठ रेसुंगा नगरपालिका ८ का नेपाली कांग्रेसका वडासभापति समेत थिए।
यस सडकखण्डको सिद्धबाबामा पहिरो र ढुंगा खसेर थुप्रैको ज्यान गइसकेको छ। सिद्धबाबा सडकखण्ड भएर ओहोरदोहोर गर्ने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।