जनकपुरधाम, फागुन १६ । धनुषामा एक वडा सचिव घुससहित पक्राउ परेका छन्।
धनुषाको धनौजी गाउँपालिका–२ का वडा सचिव (खरिदार) सुशील ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले २० हजार घुससहित पक्राउ गरेका छन्।
ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिने बापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको कार्यालय बर्दिबासबाट खटेको टोलीले ठाकुरलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको बर्दिबास प्रहरीले जनाएको छ।