काठमाडौं, फागुन १६। श्रीलंकाली सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सहमतिमा हस्ताक्षर नगर्ने निर्णय गरेको छ। यस सहमतिबारे अध्ययन गर्न बनाइएको विज्ञहरूको टोलीको सुझावको आधारमा मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय लिएको हो।
मन्त्रीपरिषद्का प्रवत्ता केहेलयिा रामबुकवेल्लाले एमसीसी सहमतिसँग राष्ट्रिय सुरक्षाका चासो मेल नखाने भएकाले र यो संविधान अनुकुल पनि नभएकाले हस्ताक्षर नगर्ने निर्णय गरिएको बताए। उनले संयुक्त राज्य अमेरिकासँग सहमतिमा संशोधनका लागि थप छलफल गरिने पनि बताए।
एमसीसी सहमति अनुसार हस्ताक्षर गरे श्रीलंकाले भूमी व्यवस्थापन र यातायात प्रणालीको आधुनिकीकरणका लागि चार करोड ८० लाख अमेरिकी डलर पाउने उल्लेख गरिएको थियो।
वर्तमान श्रीलंकाली सरकारले पछिल्लो वर्ष सम्पन्न राष्ट्रपति निर्वाचनमा एमसीसीको विपक्षमा आफूलाई उभ्याएको थियो। श्रीलंकाली सञ्चारमाध्यम डेली मिररबाट