काठमाडौँ, फागुन १६ । एक महिलामाथी लाठी प्रहार गरेका प्रहरी निरीक्षक देवीप्रसाद पौडेललाइ कारबाही हुने भएको छ।
महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको हो।
नेपाली सेनाका पुर्व सहायक रथी हेम खत्रीको घर घेर्ने क्रममा एकमहिला माथी लाठीचार्ज गरेपछी उनिमाथी छानविन शुरु भएको छ। उक्त टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो।
घटनाको छानविनको लागी ललितपुर प्रहरीले प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ।
नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन्।