काठमाडौं, फागुन १६ । एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटका लागि नेपाली टिम थाइल्याण्डमा रहेका छन्। प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन्।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने यस प्रतियोगिता एसिया कप छनोट पनि हो। प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

नेपालले भोली शनिबार मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ। नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ।
मलेसियासँगको खेलअघि नेपाली टिमले शुक्रबार अन्तिम तयारी स्वरूप अभ्यास गरेका छन्।