फागुन १७। घरेलु टिम न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्समा भारत अलआउट भएको छ।
क्राइस्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो दिन शनिबार २ सय ४२ रनमा अलआउट भएको हो। भारतका लागि हनुमा बिहारीले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै पृथ्वी श र चेतेश्वर पुजराले ५४/५४ रन बनाए।
न्युजिल्याण्डका टिम साउथीले ५ विकेट लिए।
यस अघि पहिलो टेष्टमा भारत न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो। एजेन्सी