फागुन १७ । अमेरिकाले भेंडा बाख्रा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूका लागि अन्य अस्थायी कृषि मजदुरहरू सरह मापदण्ड लागु गर्ने भएको छ।
एच टु ए भिसाका बाख्रा वा भेंडा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूले अस्थायी वा सिजनल कामको परिपूर्तिमात्र गर्न सक्ने कुरा सुनिश्चित गर्न यो नीति जारी गरिएको जनाइएको छ।
भेडाबाख्रा चराउनेहरुका आवेदनहरु पनि अरु अस्थायी वा सिजनल एच टु ए भिसाका आवेदन सरह नै प्रकयामा लगिने भएको छ।
यदि आवेदकले भेडाबाख्रा चलाउनेहरुलाई ३ सय ६४ दिनका लागि नै बीचमा कुनै छुट्टीविना कामदारका रुपमा राख्न चाहेका खण्डमा त्यस्ता आवेदनहरु अस्वीकार गरिने युएससीआईएसले जनाएको छ।
रोजगार दाताले अस्थायी र सिजनल आवश्यकताका रुपमा त्यस्ता कामदार चाहिएको कुरा अनिवार्य पुष्टी गर्नुपर्नेछ।