फागुन १७ । एसीसी ईस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग खेल्दैछ। पहिलो खेलमा सुखद नतिजा निकाल्ने लक्ष्य लिएको नेपालले मलेसियाविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ।
थाइल्यान्डको बैंककमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने भएपनि नेपालले बलिङको निम्तो पाएको हो। आजको खेलमा नेपालले मलेसियाविरुद्ध सहज जित निकाल्ने लक्ष्य लिएको छ। नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ। प्रतियोगिताको सबै भन्दा बलियो टोलीको रुपमा रहेको नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो सुरूवात गर्ने लक्ष्यमा छ।
उता मलेसिया पनि नेपाललाई प्रतियोगितामा मलेसिया पनि नेपाललाई हराएर सुखद सुरूवात गर्न चाहन्छ। नेपाल र मलेसियाको हाल सम्मको टि–ट्वान्टी खेलको नतिजा हेर्ने हो भने सात पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल बलियो देखिएको छ। नेपालले ६ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ।
सन् २००७ को कुवेतमा भएको एसीसी टि–ट्वान्टी कपमा नेपालले मलेसियासँग पहिलो पटक खेलेको थियो। सो खेलमा नेपालले २१ रनको जित निकालेको थियो।