जनकपुरधाम, फागुन १७ । झगडा मिलाउन गएका एक व्यक्तिको हत्या भएको छ। शुक्रबार दुई पक्ष बिच भईरहेको विवादलाई साम्य पार्न गएका धनुषाको सबैला नगरपालिका वडा नं। १२ रघुनाथपुरका सोनेलाल कुलामीको हत्या भएको हो।
उनलाई बाँसको भाटा तथा काठको चिरपटले हानेर हत्या गरिएको मृतका छोरा सुर्य नारायण पुलामीले बताए।
उनलाई कपिल सदा, अशेष यादव, धर्मदेव राउत, जितेन्द्र राउत, सोनु भन्ने मोनु यादव र अमरजित राउत सहित अन्य नचिनेकाले कुटपिट गरेर हत्या गरेको मृतकका छोरा कालुले आरोप लगाएका छन्।
युवाहरुको कुटाईबाट गम्भिर घाइते भएका सोनेलालको सामान्य उपचार पछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। शवलाई अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले आरोपितलाई पक्राउ गरिएको बताएको छ।