चितवन, फागुन १७ । नेपालमा नै सरसफाइ अभियानको लागि आफ्नो नाम राख्न सफल भएको वे ग्रुपले आज नियमित कार्यक्रम अन्तरगत पोखरा बसपार्क नजिकै दियालो बङला छेउ छाउमा सरसफाइ गरेको छ।
सरसफाइमा वडा अध्यक्ष , साइकल अभियन्ताहरु, साहित्यकार , बसपार्क टोल सुधारका अध्यक्ष तथा स्मल हेभन मोडेल स्कुलमा अध्यनरत कक्षा ६ देखि ११ कक्षाका बालबालिकाहरु सहभागी भएका थिए।
साहित्यकार सिम्रन क्षेत्री सहभागी भएको उक्त सरसफाइ कार्यक्रममा बच्चाहरुको सहभागी देख्दा धेरै खुसी हुनुभएको थियो। सानो उमेर देखि नै बच्चाहरुलाइ सरसफाइ तथा साइकल प्रती मोह जगाएकोमा आफ्नै छिमेकी रुक्मिनी सापकोटाको प्रसन्सा गरेकी थिइन।
उक्त स्थानमा विभिन्न ठाउको फोहर बिसर्जन गर्ने केन्द्र जस्तै बनाइएको थियो।आज करिब ४० जनाको सहभागितामा केही स्थान सरसफाइ गरिसकेको छ। वडा न २ का वडा अध्यक्षको समेत सहभागिता भएको उक्त सरसफाइ कार्यक्रममा फोहरको डुङुर देख्दा चिन्ता ब्यक्त गर्दै अब उक्त ठाउमा फोहर निषेधित क्षेत्र घोषणा गरि विभिन्न ठाउमा सान्केतिक बोर्ड पनि राख्ने आफुले पहल गर्ने जानकारी दिए।
बसपार्क टोलसुधार समितिका अध्यक्ष सन्तोष श्रेष्ठ तथा पुरण श्रेष्ठले जानकारी ढीला गरि थाहा भएपनी आफुहरु र आफ्ना बच्चाहरु लिएर आएको जानकारी दिए।
आजसरसफाइ कार्यक्रममा सहभागी भएका अधिकान्स बच्चाहरु रहेकोमा आफुहरु धेरै खुसी हुँदै वे ग्रुप नेपाल र साइकल तथा सरसफाइ अभियन्तालाइ बधाइ दिएका थिए। उनका अनुसार बालबालिकालाइ सानै उमेर देखि साइकल तथा सरसफाइ अभियानमा उत्प्रेरित गर्न सकियो भने उनिहरु सफल ब्यक्ती, इमान्दार , सहयोगी तथा सामाजिक हुने बिचार ब्यक्त गरे र अब यस्ता कार्यक्रममा बसपार्क टोलसुधारबाट पनि सहयोग गर्ने आश्वासन दिए।
आज एकै दिनमा वे ग्रुपको धेरै वडाहरुमा वडा स्तरिय सरसफाइ कार्यक्रम थियो। साइकल तथा सरसफाइ अभियन्ता रुक्मिनी सापकोटा अनुसार आज बिहान ७ बजे देखि भएको सरसफाइ कार्यक्रम पछि आजै बच्चाहरुलाइ साइकलबाट देवघाट लागि तेहा पनि सरसफाइ गर्ने कार्यक्रम रहेको जानकारी दिइन।
बच्चाहरुलाइ लगाउने मास्क तथा पन्जापनी सकिएको हुदा मनकारीहरुबाट सहयोग पाउने अपेक्षा पनि गरेकी छिन।आफुले वे ग्रुप सङ्ग सरसफाइमा साथमा साथ र हातमा हात मिलाउदै हिद्न पाएकोमा खुशी पनि ब्यक्त गरेकी थिइन।