चितवन फागुन १७ । रत्ननगरका समाजसेवी ज्ञानेन्द्रराज पाण्डेले आफ्नो विवाह बर्षगाठको अबसरमा विपन्नलाई लत्ता कपडा र फलफुल प्रदान गरेका छन्। २७ औं विवाह बर्षगाठको अबसरमा पाण्डेले विपन्न डम्बर बहादुर कटवाललाई लगाउने कपडा र फलफुल प्रदान गरेका हुन्।
विवाह बर्ष गाठमा अन्य कुुरामा खर्च नगरी पाण्डेले लामो समय देखि कष्टकर जीवनयापन गरिरहेका ७४ बर्षीय कटवाललाई कपडा र फलफुल प्रदान गरेका हुन्। सरसफाई,रोगीको उपचार,गरिवलाई सहयोग गरेर सामाजिक क्षेत्रमा नाम कमाएका पाण्डे आफैमा धनाठ्य व्यक्ति होइनन्।
मन भए धनले रोक्दैन भन्ने उक्तीलाई चरितार्थ गर्दैै पाण्डेले आफुले जति सकिन्छ सोही अनुसार गरिव तथा दिनदुखीलाई सहयोग गर्दै आएका छन्। अरुलाई दिनलाई म संगै प्रयाप्त पैसा हुँदैन उनले भने दुख संग दुख साटौं भनेर मात्र सहयोग गर्ने गरेको छु। पाण्डेको २०४९ साल फागुन १७ गते पद्मा कुमारी लामिछानेसंग विवाह भएको थियो।