फागुन १८ । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया पराजित भएको छ। शनिबार राति भएको खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग ७४ रनले पराजित भएको हो।
दक्षिण अफ्रिकाले दिएको २ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ४५ ओभर १ बलमा अलआउट हुँदै २ सय १७ रनमा समेटियो।
अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा मार्नुसले ४१ रन बनाए। डेभिड वार्नर २५ रनमा आउट भए।
दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए। यस्तै एन्रीच नोर्टेज र ताब्रेईज शामीले २/२ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि हेन्रिच क्लासेनले अविजित रहदै १ सय २३ रनको शतकीय इनिङ्स खेले। डेभिड मिलरले ६४ रन जोड्दा केली भेरिनेले ४८ रन बनाए।
अष्ट्रेलियाका पाट कुमिन्सले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए।
जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। एजेन्सी