नवलपरासी, फागुन १८ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ।
कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ७० तोलाभन्दा बढी सुन र ८ लाख नगद चोरी भएको पसल धनि उमेश गहतराजलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।
आइतबार बिहान पसल खोल्न आउँदा मात्र पसलमा चोरी भएको थाहा पाएको गहतराजले जानकारी दिए।
इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाले घटनाको अनुसन्धान भइरहेको बताए। प्रहरीले पसल र पुलचोकमा रहेका सीसीटीभी फुटेजको आधारमा घटनाको अध्ययन गरिरहेको जनाएको छ।