काठमाडौं, फागुन १८ । आइतवार नेपाली बजारमा सुनको मूल्य तोलामा १२ सयले घटेको छ। शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ७९ हजार २ सय रहेको थियो। भने आज मूल्यमा कमि आइ प्रतितोला सुन ७८ हजार कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य ७७ हजार ७ सय रहेको छ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि तोलामा २० रुपैयाँले कमि आएको छ। शुक्रवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो। भने आज मूल्यमा कमि आए प्रतितोला चाँदी ८ सय ६० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ।