फागुन १८ । नायिका दीपिका पादुकोणले यो बर्षको सुरुवात चलचित्र ‘छपाक’बाट सुरु गरिन्। यो चलचित्रमा उनी एसिड आक्रमणमा परेकी एक यूवतीको भूमिकामा देखिएकी थिइन्। उनै, दीपिका अब चलचित्र ‘८३’मा देखिदैछिन्।
नायिका पादुकोणले कलाकार ऋषि कपुरसँग एक हलिउड चलचित्रको रिमेकमा काम गर्दैछिन्। यो चलचित्रलाई दीपिका आफैले निर्माण समेत गर्दैछिन्।
दीपिकाले सन् २०१७ मा एक हलिउड चलचित्रमा काम गरेकी थिइन्। यसपछि, दीपिकाले कुनै पनि हलिउड चलचित्र साइन गरेको खबर छैन। यस बिषयमा मिडिया कुराकानीमा उनले भनेकी छिन्–‘म चलचित्रलाई हलिउड र बलिउड भनेर मुल्यांकन गर्दिनँ। चलचित्रको कथामा मैले आफूलाई व्यक्त गर्न सक्नुपर्छ। यदि, यस्तो खालको अवसर मलाई आउँछ भने म बलिउड भन्दा बाहिरका चलचित्रमा पनि काम गर्न तयार छु।’
दीपिकाले अगाडि भनिन्–‘मेरो लागि चलचित्रको बिषयवस्तु महत्वपूर्ण छ। मैले सन् २०१७ मा हलिउड चलचित्रमा काम गर्नुको कारण, त्यसको बिषयवस्तु थियो। जुन निकै शक्तिशाली थियो। मैले अहिले क्रियाशिल भएर हलिउड चलचित्रको बिषयमा सोचिरहेकी छैन, तर शक्तिशाली बिषय खोजिरहेकी छु।’