काठमाडौं, फागुन १८ । न्युजिल्यान्डका अल राउन्डर क्रिकेटर जेम्स फुलरले चितवनबाट एभरेष्ट प्रिमियर लिग (ईपीएर्ल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन्।
चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै जेम्सलाई क्लबमा अनुबन्ध गरेको बताएको हो। ३० वर्षीय जेम्सलाई चितवनले यो सस्करणका लागि अनुबन्ध गरेको हो।
“चितवन टाइग्रेसबाट ईपीएल खेल्न आउने कुरामा धेरै उत्साहित छु। मैदानमा आएर हामीलाई समर्थन गरिदिनुहोला,” जेम्सले भने।
ईपीएल यही चैत १ गतेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।