काठमाडौं, फागुन १८ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ।
भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभामा संवोधन गरेपछि आसनमा फर्कने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो। प्रहार गरेको जुत्ता प्रचण्डलाई लागेको थिएन।
जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।