काठमाडौं, फागुन, १८ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको पत्ता लागेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले रिपोर्टर्स नेपाललाई जानकारी दिए। प्रहरीका अनुसार उनी जुम्ला घर भएका हुन्।
२२ वर्षीय तिरुवा पूर्व लडाकु हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। तिरुवा कम्युनिष्ट विचारधाराका हुन्। उनले आफ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङको तस्बिर राखेका छन्। उनले कम्युनिष्ट विचारका नारा समेत राखेका छन्।
युवकलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ। उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ।