कश्मीर, फागुन २२ । भारतको जम्मू–कश्मीरमा सामाजिक सञ्जालमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा भएको छ। जम्मू–कश्मीरमा बुधबारदेखि सामाजिक सञ्जालमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा भएको छ। तर पनि इन्टरनेट स्पिड भने टू–जी कै रहने छ।
गएको वर्षको अगस्ट ५ मा भारत केन्द्र सरकारले जम्मू–कश्मीरबाट विशेष राज्यको दर्जा समाप्त गरेको थियो। सोही बेलादेखि जम्मू–कश्मीरमा इन्टरनेट सेवा बन्द गरिएको थियो।
धेरै शर्तहरुसहित गएको जनवरी २५ मा जम्मू–कश्मीरमा इन्टरनेट सेवा पुनः स्थापित भएको थियो। तर इन्टरनेट स्पीड भने टू–जी नै रह्यो। इन्टरनेट सेवा खुला गरिए पनि सामाजिक सञ्जालमा प्रतिबन्ध थियो र केही वेबसाइड मात्रै खुला थियो।
तर बुधबार जम्मू–कश्मीरमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा भएसँगै त्यहाँका मानिसले राहतको सास फेरेका छन्। यसअघि १६ वटा वेबसाइटमा मात्रै पहुँच दिइएको थियो। अब सो सीमा पनि कायम छैन।