काठमाडौँ, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्किने बताएका छन्।उनी दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताललमा उपचाररत छन्।
‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो’, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटरमा लेखेका छन्, ‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। छिट्टै म काममा फर्किन्छु।’