पोखरा, फागुन २९ । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल बिहिबार हुँदैछ।
पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।
दुवै टिम फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। गत संस्करणमा फाइनलमा चुकेको आर्मी लगातार दोस्रो सिजन फाइनल खेल्न चाहन्छ। आहा रारामा सफल रहदै आएको मनाङ पनि आर्मीलाई हराएर फाइनल स्थान सुरक्षित गर्न चाहन्छ।
आर्मीले क्वाटरफाइनलमा ुएु डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको थियो। मनाङले झापा-११ लाई १-० गोल अन्तरले हराएको थियो।
आर्मी र मनाङबीचको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ। फाइनल खेल शनिबार हुनेछ। पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगिसकेको छ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।




