काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले संसदको अधिवेशन रोक्न माग गरेका छन्।
उनले प्रतिनिधिसभाको शून्य समयमा बिहीबार बोल्दै कोरोनाको संक्रमणबाट बच्न संसद अधिवेशन स्थगित गर्न माग गरेका हुन्। विश्वमा एकैपटक महामारीका रूपमा कोरोना फैलिएको भन्दै उनले यस्तो माग गरेका हुन्।
उनले युरोप, अमेरिकाजस्ता देशहरू त्रसित भएको अवस्थामा नेपालले तत्काल भिड जम्मा हुने विद्यालय, संसदजस्ता ठाउँहरू बन्द गर्न माग गरे।