फागुन ३० । कोरोना भाइरसको संक्रमणको खतराका कारण विश्वभर मानिसहरुको अभिवादन गर्ने तरिका फेरिन थालेको छ।
मानिसहरु अब आफ्नो पारम्पारिक स्वागतको तरिका छोडेर नमस्ते गरिरहेका छन्। यसको असर आम मानिसहरुमा मात्रै होइन, विभिन्न मुलुकका राष्ट्राध्यक्षहरुमा पनि देखिएको छ।
बिहीबार अमेरकी राष्ट्रपति डोनान्ड ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले नमस्ते गरेर अभिवादन गरे।
ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री लियोका व्हाइट हाउसमा पत्रकार सम्मेलन भएको थियो। जब पत्रकारले हात मिलाउनेबारे प्रश्न गरे तब लियो र ट्रम्प दुवैले हात जोडेर नमस्ते गरे।
उता प्रिन्स चार्ल्स पनि नमस्ते अभिवादन गरिरहेका देखिए। यसअघि इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि अभिवादनका लागि ‘नमस्ते’ शैली अपनाउने बताएका थिए।