चैत्र १ । भारतमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ। राजधानी दिल्लीमा एक ६८ वर्षीया महिलाको मृत्यु भएको समाचार संस्था पिटिआइले जनाएको छ।
दिल्ली सरकार र स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार मृतक महिलामा कोरोना भाइरसको संक्रमण थियो। दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले महिलामा कोरोना भाइरसका साथसाथै अरु केही स्वास्थ्य समस्याका कारण मृत्यु भएको पुष्टि गरे।
केन्द्र सरकारद्वारा जारी एक वक्तव्यमा भनिएको छ कि कोरोना भाइरसका कारण ६८ वर्षकी ती महिलामा पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्शन जस्ता स्वास्थ्य समस्या थिए।
सरकारले भनेको छ कि ती महिलाका छोरा ५ फरवरीदेखि २२ फरवरीसम्म विदेशमा थिए र २३ फरवरीमा उनी स्विट्जरल्याण्ड र इटाली हुँदै भारत फर्केका थिए।
छोरा भारत फर्केका दिन ती महिला स्वस्थ थिइन् तर एक दिनपछि उनमा ज्वरो र खोकीको लक्षण देखियो। उनलाई मार्च ७ मा दिल्लीको राम मनोहर लोहिया अस्पतालमा भर्ना गरियो।
मार्च ८ मा परीक्षणका लागि मृतक महिलाको पनि नमूना संकलन गरियो र उनको परीक्षणमा कोरोना पुष्टि भयो।
दिल्ली सरकार र स्वास्थ्य मंत्रालयका अनुसार महिलाको सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षणको काम भइरहेको छ र केही दिनका लागि उनीहरुलाई अरु मानिसहरुको सम्पर्कमा रहन दिइएको छैन। एजेन्सी




