तेह्रथुम, चैत्र ५ । तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा स्थित तीनसल्लेकी बिन्दा पुरीका हत्या आरोपीलाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमले सोमबार पत्रकार सम्मेलन गरी दुईजनालाई सार्वजनिक गरेको हो।
२८ वर्षीय पुरीलाई उनकै देवरहरु वर्ष २५ का वालकृष्ण पुरी र ३२ वर्षीय सुरेन्द्र पुरीले फागुन २९ गते हत्या गरेको प्रहरीले बताएको छ। उनीहरुले राती एक बजे डोरीले घाँटीमा बाँधी धारिलो हतियार घाँटीमा प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्।
प्रहरी नायब उपरिक्षक नविन किशोर प्रधानले अभियुक्तहरुले आफ्नो कसुर स्विकारेको बताए। हत्यामा संलग्नहरुलाई प्रहरीले फागुन ३० गते बुधबारे झापाबाट पक्राउ गरी इलाका प्रहरी कार्यलय ईटहरी सुनसरी मार्फत जिल्ला प्रहरी कार्यालय ल्याएको हो।