काठमाडौं, चैत्र ६ । नेपाल टेलिकमले अन्य नम्बरमा सम्पर्क गर्दा तथा ३२१०० नम्बर डायल गरी निःशुल्क रुपमा कोरोना (कोभिड–१९) बारे जानकारीमूलक सामग्री सुन्न सकिने व्यवस्था गरेको छ।
उक्त नम्बरमा कल गरेपछि कोरोना भाइरस के हो, यसका लक्षणहरु, यो कसरी फैलिन्छ, बच्ने तरिका, उपचार विधि, अपनाउनु पर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।
साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिने छ। पोस्टपेड र प्रिपेड मोवाइलमा फोन गर्दासमेत कोरोना भाइरसबाट बच्नको लागि आवश्यक चेतनामुलक सन्देश सुन्न सकिने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ।




