काठमाडौं, चैत्र १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमापारि रोकिएका नेपालीलाई स्वदेश आउन दिनुपर्ने बताएका छन्।
दार्चुला सदरमुकाम पारी रहेका नेपालीहरूलाई प्रक्रिया पुर्याएर नेपाल आउनदिनुपर्ने माग देउवाले राखेका छन्। सोमवार सामाजिक सञ्जाल ट्वीटर मार्फत देउवाले आफ्नै देशमा आउन पनि नारा जुलुश किन गर्नुपरेको हो भनेर प्रश्न गरेका छन्।
उनले नेपालीहरूले नाराजुलुश गरेको भिडियो पनि सेयर गर्दै लेखेका छन्–
‘आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ?’ प्रश्न गर्दै देउवाले भनेका छन्, ‘दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामारहेका सयौं नेपालीहरुलाई आवश्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु।’




