धादिङ, चैत्र २० । खनियाबास नगरपालिका २ मा बुधबार दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ। चट्याङ लागेर घरको छेउमा कुखुराको खोर बनाउँदै गरेका ४० वर्षीय रामसिंह तामाङको ज्यान गएको हो।
चट्याङ लागेर त्यही गाउँपालिकाको थली निनासी पार्वती तामाङ, मनकुमारी तामाङ र क्यूङ निवासी आसमाया तामाङ घाइते भएका छन्। साथै थलीमा चट्याङ पर्दा दुई घरमा क्षति पुगेको छ।
चट्याङका कारण गाउँमा विद्युत् सेवा अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानकारी दिए।




