काठमाडौं, चैत्र २२ । बेसार हाम्रो भान्सामा सजिलै पाइने चिज हो। यसमा एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्टको मात्रा प्रशस्त हुन्छ। त्यसैले हामिले नियमित मनतातो पानीमा बेसार हालेर पिउने गरेमा धेरै राम्रो हुन्छ। यदि तपाईलाई एसिडिटीको समस्या छ भने मनतातो पानिमा बेसार मिसाएर पिउनु पनि निकै राम्रो हुन्छ।
बेसारमा एन्टिसेप्टिक गुण हुने हुनाले मनतातो पानिमा एक चम्चा बेसार मिसाएर पिउदा संक्रमणसंग लड्ने शक्ति हुन्छ। बेसार पानी पिउनाले पेट र छाती पोल्ने समस्या पनि कम हुन्छ। त्यस्तै बेसार पानीको सेवनले मृगौलाको क्रियाकलापलाई चुस्त राख्दछ र संक्रमण हुनबाट बचाउँछ। बेसार पानीमा कागती र मह मिलाएर पिउने गरेमा सुन्दरता बढाउँदछ। किनकी यसको सेवनले विषाक्त पदार्थहरु शरीरबाट बाहिर निकाल्छ।
त्यस्तै यसको नियमित सेवन गरेमा पाचन राम्रो बनाउँछ। यसको सेवनले मोटोपन पनि घटाउँछ। त्यस्तै बेसारपानीको सेवनले शरीरमा हुने दुखाई कम गर्छ। यदि तपाईको हड्डी टुटेमा र मर्किएमा वा अन्य चोटपटक लागेमा पनि यसको सेवनले दुखाइ कम गर्छ। यसमा हुने कुर्कुमिन तत्वले सुनिने, जलन हुने तथा जार्नीको दुखाई हुने समस्याबाट छुटकारा पनि पाइन्छ। यसको नियमित सेवन गरेमा दिमाग तेजिलो पनि हुन्छ।