चितवन, चैत्र २४ । चितवनको खैरहनी नगरपालिका ९ मा रहेको नेपाल ग्यास कम्पनीको पर्खालभित्र जस्ताले छाएको कच्ची घरमा एक युवक मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बारा जिल्ला पर्सौनी ४ का शशिधरा महरा मृत भेटिएका हुन्। युवा मृत फेला परेको खबर पाउनासाथ स्थानीय प्रहरी टोलीले गएराति नै घटनास्थल पुगेको थियो। उनको शव परीक्षणका लागि राति नै भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।




