काठमाडौं, चैत्र २४ । नेपालमा कोरोना भाइरसको रोकथामका लागि ८ हजार १ सय ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३१ जना आइशोलेशनमा छन्।
हालसम्म कोरोना भाइरसबाट ९ जना संक्रमित भएकोमा एकजना निको भइसकेका छन्। आठ जना उपचाररतमध्ये दुईजना टेकु अस्पतालमा र बाँकी छजना उपत्यकाबाहिर छन्।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २०२४ जना क्वारेन्टाइनमा छन्। प्रदेश ५ मा १९९३, गण्डकी प्रदेशमा ११९७, कर्णाली प्रदेशमा ८४३, प्रदेश १ मा ७५८, बागमती प्रदेशमा ७२५ र प्रदेश २ मा ६२५ जना क्वारेन्टाइनमा राखिएका छन्।
क्वारेन्टाइनमा रहेकामध्ये कञ्चनपुर, कैलाली र बाग्लुङबाट स्वाबको परीक्षण अगाडि बढाइएको छ। क्वारेन्टाइनमा बसेका दुईजनामा संक्रमण भेटिएपछि सरकारले यस्तो कदम चालेको हो।