चितवन, चैत्र २७ । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतलाबाट बिहीबार २७ वटा नमुना परीक्षणको लागि प्रयोगशाला पठाइएको छ। बाहिरबाट आएका ९ र भरतपुर कोरोना विशेष अस्पतालको १८ गरी २७ वटा नमुना संकलन गरेर प्रयोगशाला पठाइएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिए। गत सोमबारबाट परीक्षण थालेको प्रयोगशालाबाट हालसम्ममा ४५ वटा नमुना परीक्षण भइसकेको छ।
आज थप २७ वटा नमुना परीक्षण भएपछि भरतपुरको कोरोना प्रयोगशालाबाट कुल ६७ वटा नमुना परीक्षण हुनेछ। यसअघिका ४५ वटा नमुनामा कोरोनाको संक्रमण नभएको रिपोर्टले देखाएको थियो।





