चैत्र ३० । भारतमा कोरोनाको जोखिम कम गर्न लकडाउन जारी गरिएको छ। यद्यपि कोरोना सङ्क्रमित बढी नै रहेका छन्। यो जोखिमको अवस्थामा समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्न बलिउड कलाकारहरू अगाडी आइरहेका छन्।
यसैबिच बलिउड चर्चित अभिनेता अक्षय कुमारले सहयोग गरेका छन्। केही दिन अघि प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गरेका अक्षयले फेरी बीएमसीलाई तीन करोड रुपैयाँ सहयोग गरेका छन्।
कोरोना भाइरससँग बच्न प्रयोग हुने पीपीइ, मास्क र रेपिड टेस्टिङ किट बनाउनका लागि उनले सहयोग गरेका हुन्। बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले सोसल मिडियामा यसबारे आधिकारिक जानकारी दिएका हुन्।