बैशाख २ । भारतले लकडाउन मे ३ सम्म बढाउने घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्म लकडाउनको घोषणा गरेका हुन्। मोदीले भनेका छन्,“लकडाउन मे ३ सम्म बढ्नेछ।”
उनले सबैले दिएको सुझावअनुसार लकडाउन लम्ब्याइएको बताए। मोदीले सम्बोधन गर्दै भारतमा जनताले लकडाउनको समर्थन गरेको बताएका थिए।