बैशाख ३ । इटालीका पूर्व स्ट्राइकर मार्को सिमोनले एसी मिलानले माउरो इकार्डीलाई अनुबन्ध गर्नु पर्ने बताएका छन्।
मिलानका पूर्व स्ट्राइकर सिमोनले क्लबको अग्रपंक्ति बलियो बनाउन इन्टर मिलानका फरवार्डलाई डर्बी क्लब मिलानले अनुबन्ध गर्नु पर्ने बताएका हुन्।मिलानबाट दुई पटक च्याम्पियन्स लिग विजेता सिमोनले इकार्डी क्लबमा ज्लाटन इब्राहिमोबीचको विकल्पमा हुने बताए।
‘यदि इब्राहिमोबीच गएभने मिलानमा स्ट्राइकरको अभाव हुनेछ। मलाई लाग्छ मिलिकले राम्रो गर्न सक्छ। तर, म काभानी र इकार्डीलाई मिलान ल्याउने प्रयास गर्ने थिए। यस समयमा इकार्डी उत्तम अनुबन्ध हुनेछ,’ सिमोनले भने।
स्विडेनका स्टार फरवार्ड इब्राहिमोबीच यसै सिजन क्लब आएका थिए। तर, इब्राहिमोबीचले सिजनको अन्त्यसँगै क्लब छाड्ने तयारी गरेका छन्।
अर्जेन्टिनाका फरवार्ड इकार्डी अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा खेलिरहेका छन्। यसै सिजन इन्टरले उसलाई पीएसजी पठाएको हो।
म्यानचेस्टर युनाइटेडबाट रोमेलो लुकाकु अनुबन्ध गरेपछि इकार्डी पीएसजी गएका हुन्। एजेन्सी




