इटहरी, बैशाख ४ । इटहरी उपमहानगरपालिका-१, का वडाध्यक्ष बिष्णु चौधरीको निधन भएको छ। बुधबार राति साढे १२ बजे उनको निधन भएको थियो।
नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका चौधरी क्यान्सर रोगबाट ग्रसित थिए। नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति रमेश पोखरेलले दिएको जानकारी अनुसार उनी लामो समय हस्पिटलमा बसेको भए पनि केही दिन यतामात्र इटहरीस्थित घरमा ल्याइएको थियो।
चौधरीको इटहरीको बुढीगंगा जमुना घाटमा अन्त्यष्टि गरिएकोछ।